बढ्ने भयो सार्वजनिक यातायात भाडा
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई लिएर यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । मध्यपुर्व खासगरि इरान इजरायल युद्धले इन्धनको मुल्य बढेपछि विभागले भाडा वृद्धि गर्न सिफारिस गरेको जनाएको छ ।

विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो । विभागले सरकारले नै तयार गरेको र २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।
नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । विभागको सिफारिस अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११.३३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत भाडा बढाउन सिफारिस गरेको हो ।
![]() |
![]() |
![]() |
|---|



