Close

Recent Posts

प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको सपथ आज

  • १२ चैत्र २०८२, बिहीबार ०८:१०

काठमाडौँ । फागन २१ को प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । सपथ का लागि सबै तयारी पूरा भइसकेको भन्दै अपराह्न २ः०० बजे सपथ हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

mulpatra

ज्येष्ठ सदस्यको हैसियतले हिजो नै राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य सांसदहरुलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।

mulpatra mulpatra mulpatra

सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने सपथ कार्यक्रममा ४७ जनाले नेपालीबाहेक भाषामा सपथ लिने तयारी रहेको सचिवालयले जनाएको छ

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।