Close

Recent Posts

राखेपले गर्यो एन्फालाई तीनमहिनाका लागि निलम्बन

राखेपले गर्यो एन्फालाई तीनमहिनाका लागि निलम्बन
  • १२ चैत्र २०८२, बिहीबार ०७:०८

काठमामाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ। राष्ट्रिय खेलकुद परिदष (राखेप)ले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको हो।

mulpatra

पंकज विक्रम नेम्वाङ नेतृत्वको एन्फाले शुक्रबार झापामा साधारण सभामार्फत् केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले एन्फाले गर्न लागेको निर्वाचन गैर कानुनी रहेको भन्दै सफाई दिन २४ घण्टा भित्र सफाई पेश गर्न आदेश दिएको थियो ।

एन्फाले राखेपलाई पत्राचार गर्दै निर्वाचन स्थगित गर्दा फिफा र एएफसीको सहयोग स्थगित हुने भएकाले निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक अवस्था सिर्जना हुने दाबी गरेको छ त्यसका साथै एन्फाले आफूले खेलकुद विकास ऐन उल्लंघन नगरेको पनि दाबी गरेको छ।

mulpatra mulpatra mulpatra

एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ६ गते सकिँदैछ। कार्यकाल सकिनुअघि नै एन्फाले निर्वाचन गर्न लाग्दा जिल्लाबाट तहगत नगरी सिधै केन्द्रीय कार्यसमितिको मात्र निर्वाचन गर्न लागेको छ।

यसअघि खेलकुद परिषदले एन्फाले गर्न लागेको निर्वाचनलाई स्वीकृति दिएको थिएन भने निर्वाचन गर्नका लागि विधान संशोधन गर्न निर्देशन दिएको थियो। तर एन्फाले अन्तर्राष्ट्रिय निकायबाट स्वीकृति पाएको अवस्थामा निर्वाचन रोक्न नमिल्ने तर्क गर्दै आएको छ।