बालेनले मान्लान कार्की आयोगको १२ मन्त्रालय राख्ने सुझाव
काठमाडौँ । भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले संघीय मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिएको छ ।

आयोगले संघमा मन्त्रालयको संख्या १० देखि १२ मा झार्ने भनेको छ भने केन्द्रले केन्द्रीकृत सोच त्यागी प्रदेश र स्थानीय तहको संवैधानिक भूमिका निभाउन स्वायत्तता तथा नियमनमा जोड दिनुपर्छ समेत भनेको छ ।
खर्चीलो संघिय व्यवस्थालाई मितव्ययी बनाउन २०७५ सालको सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने समेत भनिएको छ भने प्रदेशमा जम्मा ५ मन्त्रालयको व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
प्रदेशलाई नीति निर्माण गर्ने गरी स्मार्ट बनाउने र धेरै कार्यकारी भूमिका भन्दा पनि संघ र स्थानीय तहसँगको पुलका रूपमा काम गर्ने र प्रदेशस्तरीय आयोजना व्यवस्थापन गर्ने गरी विकास गर्न प्रतिवेदनले सुझाव दिएको छ ।
भोली चैत्र १३ गते प्रधानमन्त्रीका रुपमा बालेन शाहको सपथ कार्यक्रम हुँदैछ । बालेन शाह र रास्वपाले मन्त्रालय संख्या घटाउने बारे छलफल भइरहेको जनाए पनि कार्की आयोगले दिएको सुझाव अनुसार बालेनले काम गर्न सक्छन सक्दैनन भन्ने चाहि रास्वपाको निर्णयमा भर पर्नेछ ।



