प्रतिनिधिसभाका सदस्यहरुले लिए सपथ
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले शपथ ग्रहण गरेका छन् । प्रत्यक्ष तर्फका १६५ र समानुपातिक तर्फबाट निर्वाचित ११० सांसदहरुले आज सपथ लिएका हुन् ।

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सपथ ग्रहणमा ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।
![]() |
![]() |
![]() |
|---|



