गृहमन्त्री गुरुङको घोषणा, कार्की आयोगको प्रतिवेदन कार्यान्वय गर्ने, सबैकाम एकद्वार प्रणालीबाट
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले सबैकाम एकद्वार प्रणालीबाट गर्ने बताएका छन् ।

उनले अब देश जेन–जी जनादेश अनुसार अघि बढ्ने बताएका बताउँदै गलत गर्ने कसैले छुट नपाउने बताएका हुन् । अब कुनै काम गर्दा कुनै एक ठाउँमा निवेदन दिएपछि अरु ठाउँमा जान नपर्ने गरि काम गर्ने वातावरण मिलाउने बताए ।
गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले केही काम गर्दा कसैले घुस वा पैसा माग्यो भने सीधै खबर गर्न पनि उनले अनुरोध गरे । उनले प्रहरीहरूलाई पनि नियम अनुसार काम गर्न निर्देशन दिए ।



