Close

Recent Posts

कार्की आयोग कार्यान्वयन गर्ने मन्त्रीपरिषदको निर्णय

कार्की आयोग कार्यान्वयन गर्ने मन्त्रीपरिषदको निर्णय
  • १३ चैत्र २०८२, शुक्रबार २१:४४

काठमाडौं । बालेन शाह प्रधानमन्त्री भएर मन्त्रीपरिषद विस्तार पछि भएको पहिलो मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

mulpatra

बालेन शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको थियो। उक्त बैठकका निर्णय सुनाउँदै सरकार प्रवक्ता सस्मित पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेस गरेका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताए।

‘आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने निर्णय भएको छ,’ उनले भने।

mulpatra mulpatra mulpatra

अन्यको हकमा कार्की आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको पनि उनले जानकारी दिए।