काठमाडौंमा आज पनि एमालेको विरोध कार्यक्रम जारी
काठमाडौं । पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले काठमाडौंमा आज पनि प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंको माइतीघरमा दिउँसो १२ बजे देखि शुरु भएको प्रदर्शन जारी छ । आज एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र समेत बुझाएका छन् । काठमाडौं जिल्ला प्रशासनमा समेत विरोध पत्र बुझाइएको छ ।
बालेन सरकारले हिजो विहानै पक्राउ गरेका ओली लाई अस्पतालमा राखिएको र आज म्याद थप्न बहस जारी छ । अध्यक्ष पक्राउको विरोधमा हिजो बसेको सचिवालयको आकस्मिक बैठकले देशभर आन्दोलन गर्ने घोषणा गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
सोही निर्णय बमोजिम हिजो शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।



