नेकपाको संसदीय दलको नेता बने प्रचण्ड
काठमाडौं । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चौथो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको नेता चयन गरेको छ । नेकपाको संसदीय दलको नेतामा पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

पेरिसडाँडामा आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
नेकपाले फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट जितेको छ ।
![]() |
![]() |
![]() |
|---|



