Close

Recent Posts

कांग्रेसले समानुपातिक सांसद फिर्ता बोलाउन सक्ने

कांग्रेसले समानुपातिक सांसद फिर्ता बोलाउन सक्ने
  • १५ चैत्र २०८२, आईतवार १६:५६

काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिक सांसदको कार्यसम्पादन कमजोर देखिएमा फिर्ता बोलाउने व्यवस्था अघि सारेको छ।

mulpatra

विशेष महाधिवेशनबाट पारित विधानको दफा ४ अनुसार सांसदको संसदीय जिम्मेवारी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने व्यवस्था रहेको भन्दै उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई नयाँ प्रावधानको बारेमा जानकारी दिएका छन्।

नयाँ विधानअनुसार, प्रचलित कानुन वा पार्टीको निर्देशन विपरीत काम गरेको ठहर भएमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा, वा कार्यसम्पादन सन्तोषजनक नभएमा पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ।

mulpatra mulpatra mulpatra

नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले विभिन्न अवस्थाहरूमा जुनसुकै बेला समानुपातिक सांसदलाई फिर्ता बोलाउन सकिने व्यवस्थाबारे जानकारी गराएको हो।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो।