रबि लामिछानेको मुद्धा पूर्ण इजलासमा सुनुवाई हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्धालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।
लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले निर्देशन दिएकी थिइन । उक्त निर्देशन पछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए।
![]() |
![]() |
![]() |
|---|
आज भएको बहस पछि उक्त मुद्धालाई पूर्ण इजलासमा सुनुवाइ हुने गरि आदेश भएको छ ।



