ओली र लेखकलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । हिजो पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ ।

ओली अस्वस्थ्य भएपछि टिचिङ अस्पताल भर्ना भएका थिए । उनको भर्चुअल बयान गराएको थियो । रमेश लेखकलाई जिल्ला अदालत ल्याएर म्याद थप गराएको हो ।
गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन भन्दै सरकारले दुबैलाई हिजा बिहान पक्राउ गरेको थियो । ओली पक्राउको विरोधमा नेकपा एमालले देशव्यापी आन्दोलनका कार्यक्रम गरिरहेको छ । आज ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।
![]() |
![]() |
![]() |
|---|



