Close

Recent Posts

सामाजिक सुरक्षामा नगए कम्पनी नवीकरण नहुने श्रम मन्त्रीको घोषणा

सामाजिक सुरक्षामा नगए कम्पनी नवीकरण नहुने श्रम मन्त्रीको घोषणा
  • १९ चैत्र २०८२, बिहीबार ०९:०५

काठमाडौँ । सरकारले सामाजिक सुरक्षामा नजाने कम्पनीहरुको नवीकरण नगर्ने तयारी गरेको छ । श्रम मन्त्री दीपककुमार साहले सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कम्पनीको नवीकरण नगर्ने व्यवस्था गर्न लागेको बताएका हुन ।

mulpatra

सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने भन्दै सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कम्पनी नवीकरण नगर्ने गरी आवश्यक प्रक्रिया अपनाउने तयारी रहेको मन्त्री साहले बताए ।

सामाजिक सुरक्षा कोषमा आबद्ध अनिवार्य बनाउन ऐन संशोधन गर्नु पर्ने भएकाले ऐन संशोधन गरेर कार्यान्वयन गर्ने योजना रहेको साहको भनाई छ ।

mulpatra mulpatra mulpatra

सरकारले हाल ७ लाखको हाराहारीमा रहेको सामाजिक सुरक्षा कोष मा आबद्ध श्रमिकको संख्या २२ लाख पुर्‍याउने लक्ष्य राखेको छ ।