प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट शुरु

  • १९ चैत्र २०८२, बिहीबार ०७:२५

काठमाडौं । फागुन २१ को निर्वाचन पछि संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक आज २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

mulpatra

सचिवालयका अनुसार आजको बैठकको प्रारम्भमा सभामुखको हैसियतमा संसदका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यसैगरी राष्ट्रपतिबाटै प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ। कार्यसूचीअनुसार ‘प्रतिनिधि सभा नियमावली, २०७९’ अन्तर्गत सभा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।

mulpatra mulpatra mulpatra