१४ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कडा कारबाही, अनुगमन थप कडाइ
काठमाडौं– नेपाल राष्ट्र बैंक ले नियम उल्लंघन गर्ने १४ लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ ।

पूँजीकोष तोकिएको भन्दा न्यून राख्ने, बचतकर्तालाई दिनुपर्ने न्यूनतम ब्याजदर नदिने तथा आवश्यक विवरण समयमै नपठाउने जस्ता कमजोरी भेटिएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा केही लघुवित्त संस्थाले पूँजीकोष कायम गर्न नसकेको पाइएको छ। नियमानुसार लघुवित्त संस्थाले कुल जोखिम भारित सम्पत्तिको कम्तीमा ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।
![]() |
![]() |
![]() |
|---|
तर, केही संस्थाले उक्त सीमा पूरा गर्न सकेका छैनन् भने संजीवनी (सुपर) लघुवित्त समस्याग्रस्त अवस्थामा रहेको जनाइएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संजीवनी (सुपर) लघुवित्त, नाडेप लघुवित्त, अभियान लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, यूनिक लघुवित्त, मातृभूमि लघुवित्त, र केही अन्य संस्थाहरूले पूँजीकोष कायम गर्न नसकेको पाइएको छ ।
केही लघुवित्त संस्थाले बचतकर्तालाई तोकिएभन्दा कम ब्याजदर दिएको पनि भेटिएको छ। नियमअनुसार कर्जामा लिने अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत बचतमा दिनुपर्ने भए पनि केही संस्थाले उक्त व्यवस्था उल्लंघन गरेका छन् ।
राष्ट्र बैंकले सञ्चालनमा ल्याएको सुपरीवेक्षकीय सूचना प्रणालीमा समेत केही संस्थाले आवश्यक तथ्यांक नपठाएको पाइएको छ । यसले वित्तीय पारदर्शिता र अनुगमन प्रक्रियामा समस्या उत्पन्न हुने देखिएको छ ।
Image Source: © https://mulpatra.com
केन्द्रीय बैंकले नियम उल्लंघन गर्ने सबै संस्थालाई तत्काल सुधार गर्न निर्देशन दिँदै अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ । साथै, अन्य अधिकांश लघुवित्त वित्तीय संस्थाहरूले भने तोकिएका मापदण्ड पालना गरिरहेको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



