एक्लैले ट्रम्पले अमेरिकालाई नेटोबाट अलग्याउन सक्छन्?
काठमाडौं– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि सैन्य संगठन ‘नेटो’ (उत्तर एटलान्टिक सन्धि संगठन) को कडा आलोचना गर्दै आएका छन् ।

विशेषगरी इरान युद्ध सुरु भएयता उनका टिप्पणीहरू थप आक्रामक बनेका छन् । हालैका केहि अन्तर्वार्ताहरूमा ट्रम्पले अमेरिकालाई नेटो गठबन्धनबाट पूर्ण रूपमा अलग गर्ने विषयमा विचार गरिरहेको बताएका छन् ।
बेलायती पत्रिका द टेलिग्राफ र समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले अमेरिकाको नेटो सदस्यता पुनरावलोकन गर्ने र गठबन्धन छाड्ने कुरामा आफू दृढ रहेको संकेत दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
ट्रम्पको मुख्य गुनासो युरोपेली राष्ट्रहरूसँग छ। इरानसँगको युद्धमा सहयोग नगरेको र ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षामा चासो नदेखाएको भन्दै उनले युरोपेली देशहरूको आलोचना गर्दै आएका छन् । ट्रम्पले नेटो सहयोगीहरूलाई अमेरिकाको साथ नदिएको भन्दै कायरको संज्ञा समेत दिएका छन् ।
सन् २०२३ को नयाँ ऐन मुख्य कानुनी अड्चन
ट्रम्पले एक्लै नेटो छोड्ने दाबी गरे पनि कानुनी रूपमा यो त्यति सहज छैन। सन् २०२३ मा अमेरिकी कंग्रेसले एउटा नयाँ कानुन पारित गरेको छ, जसअनुसार राष्ट्रपतिले नेटोबाट बाहिरिन चाहेमा सिनेटको दुई–तिहाइ बहुमत वा कंग्रेसको विशेष ऐन आवश्यक पर्दछ ।
Image Source: © https://mulpatra.com
रोचक कुरा त के छ भने, यो कानुनका प्रस्तावक वर्तमान विदेशमन्त्री मार्को रुबियो र डेमोक्र्याटिक सिनेटर टिम केन थिए । यो कानुन ‘२०२४ राष्ट्रिय रक्षा प्राधिकरण ऐन’ को हिस्सा बनिसकेको छ ।
कंग्रेसको यो प्रावधानका कारण यदि सबै रिपब्लिकन सदस्यहरूले ट्रम्पलाई साथ दिए पनि नेटो छोड्नका लागि कम्तीमा १४ जना डेमोक्र्याट सिनेटरहरूको समर्थन अनिवार्य हुन्छ, जुन वर्तमान परिस्थितिमा असम्भव जस्तै देखिन्छ ।
रिपब्लिकन सिनेटर थोम टिलिसले पनि ट्रम्पले कंग्रेस बिना नेटो छाड्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार, “राष्ट्रपतिले नेटोलाई निष्क्रिय बनाउन त सक्छन्, तर कानुनी रूपमा बाहिर निकाल्न सक्दैनन्। कतिपयले नेटो छोड्नुलाई ठूलो जोखिमका रूपमा लिएका छन् ।
संविधान र अदालतको बाटो
यद्यपि, कानुनी विशेषज्ञहरूका अनुसार यो विषय अदालतसम्म पुग्न सक्छ । न्याय मन्त्रालयको सन् २०२० को एक कानुनी रायले सन्धिहरूमा राष्ट्रपतिको एकल अधिकार हुने उल्लेख गरेको छ । यदि ट्रम्पले कंग्रेसको अनुमति बिना नेटो छाड्ने प्रयास गरेमा त्यो कानुनको उल्लंघन हुनेछ ।
ट्रम्पका वकिलहरूले विदेशी सम्बन्धमा राष्ट्रपतिको विशेषाधिकार हुने तर्क गर्न सक्ने भए तापनि संविधानअनुसार सन्धिहरू गर्दा कंग्रेसको भूमिका अनिवार्य हुने भएकाले ट्रम्पको पक्ष कमजोर देखिन्छ ।
ट्रम्पले राजनीतिक रूपमा नेटोलाई कमजोर पार्न सक्ने शक्ति राखे तापनि सन् २०२३ को कानुनले उनलाई एक्लै नेटोबाट अमेरिकालाई बाहिर निकाल्न संवैधानिक र कानुनी रूपमा बाँधेको छ। सिनेटको भारी बहुमत बिना यो कदम चाल्न असम्भव प्रायः छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



