प्रतिपक्षी दललाई रविको आग्रह– हामीमाथि चौबिसै घण्टा निगरानी गर्नू
काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले सरकारको प्राथमिकता, योजना र दिशा प्रधानमन्त्री बालेन शाहबाटै आउने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आवश्यक परे प्रधानमन्त्रीले बोलेर नभए कामबाटै देखिने बताए । उनले भने, ‘सरकारको प्राथमिकता आवश्यक परे प्रधानमन्त्रीले बोलेर, आवश्यक नपर्दा कामबाट प्रस्तुत हुन्छ ।’
उनले सरकारले जनअपेक्षाअनुसार काम अघि बढाइसकेको बताए । ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ।
![]() |
![]() |
![]() |
|---|
‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’



