प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं: ज्ञानेन्द्र शाही

प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं: ज्ञानेन्द्र शाही
  • १९ चैत्र २०८२, बिहीबार १६:१३

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पु¥याउन आफ्नो दल तयार रहेको बताएका छन्।

mulpatra

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने दाबी गरे। अनावश्यक संरचना सञ्चालनका लागि वार्षिक झन्डै १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै उनले यसलाई खारेज गर्नुपर्नेमा जोड दिए।

उनले प्रदेश संरचना केवल राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनेको आरोप समेत लगाए । सो क्रममा उनले भने, ‘देशमा ८८४ जना सांसद छौं। प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ। राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पु¥याउन १८४ चाहिन्छ १८७ हामी पु¥याउँछौं।’

mulpatra mulpatra mulpatra

राप्रपाले स्थापनाकालदेखि नै संघीयता र प्रदेश संरचनाको विरोध गर्दै आएको छ । शाहीले विकास बजेट कटौती गरेर राजनीतिक संरचना पाल्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।