Close

Recent Posts

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
  • २० चैत्र २०८२, शुक्रबार ०९:१०

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/०८३ को शुरुवाति महिना साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको विवरण अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखाएको हो । यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि १.६७ प्रतिशतले घटेको छ।

mulpatra

गत आर्थिक वर्षको यही अवधिका पाँच लाख ३४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख २५ हजार यस्तो स्वीकृति लिएका छन्। फागुनमा वैदेशिक रोजगारीको लागि अनुमति लिनेको संख्या ५३ हजार छ।

इरान र इसराइल अमेरिकी युद्धका कारण खाडी मुलुक कामदार जाने क्रम प्रभावित भएको छ । सो युद्धका कारण एक लाख भन्दा बढी नेपाली कामदारले खाडी मुलुकबाट फर्कन चाहेको दुतावासमा जानकारी गराएका छन् । केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो। सोही कारण पनि खाडी मुलक जाने कामदार प्रभावित भएका हुन् ।

mulpatra mulpatra mulpatra

यता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको विवरण अनुसार अनुसार रेमिट्यान्समा भने वृद्धि भएको देखाएको छ । चालु आर्थिक बर्ष २०८२/०८३ को शुरुवाति महिना साउनदेखि फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशत बढी रेमिट्यान्स देखाएको छ । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।