Close

Recent Posts

मौद्रिक नीतिका केही सहजता आएपछि बढ्यो शेयर बजार

मौद्रिक नीतिका केही सहजता आएपछि बढ्यो शेयर बजार
  • २३ असार २०८३, मंगलवार १५:४७

काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पूँजीबजारमैत्री र केही सहज व्यवस्था आउने अपेक्षाले मंगलबार शेयर बजारमा उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.५७ अंक ले बढेर २६५१.६८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.९५ प्रतिशतले वृद्धि भई ४६०.६१ विन्दुमा कायम भएको छ। लगातार दुई कारोबार दिन घटेको बजार यस दिन पुनः हरियालीमा फर्किएको हो।

mulpatra

यस दिन ३५२ वटा कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो। कारोबार रकममा भएको वृद्धि र बजारमा देखिएको सुधारले लगानीकर्ताको आत्मविश्वास बढ्न थालेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

बजार विश्लेषक सुवास भट्टराईका अनुसार नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिमा लगानीकर्ताले दिएका सुझाव समेटिने र पूँजीबजारलाई सकारात्मक प्रभाव पार्ने व्यवस्था आउने अपेक्षाले बजार उकालो लागेको हो। उनका अनुसार असार मसान्तको तरलता दबाब कम हुँदै जानु, मौद्रिक नीतिप्रतिको सकारात्मक अपेक्षा र शेयर बजारको मौसमी सुधारले पनि बजारलाई साथ दिएको छ।

mulpatra

मंगलबार कारोबारमा आएका सबै १३ उपसमूहको परिसूचक बढेका छन्। व्यापार उपसमूह १.८९ प्रतिशतले सबैभन्दा धेरै बढ्दा बैंकिङ १.५२ प्रतिशत र विकास बैंक १.१३ प्रतिशतले उकालो लागेका छन्। कालंगा हाइड्रोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको दिन कारोबार रकमका आधारमा केबीएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रह्यो।