बादलको संसदको सम्बोधन पछि बिष्णु र योगेशको आपत्ति, आकस्मिक रुपमा बोलाईयो सचिवालय बैठक
काठमाडौं । फागुन २१ को निर्वाचन पछि आज पहिलो पटक बसेको प्रतिनिधिसभा बैठक बसेको थियो । सो बैठकमा नेकपा एमालेको संसदीय दलको नेताका रुपमा रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको अभिव्यक्तिपछि नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ।

दलका नेताको हैसियतमा उनले जेनजी आन्दोलन र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गरेको टिप्पणीलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै आपत्ति जनाएका हुन्। विशेषगरी राज्यका विभिन्न संस्थाहरूको भूमिकाबारे उनले दिएको अभिव्यक्ति पार्टीको स्थापित धारणा विपरीत रहेको नेताहरूको भनाइ छ।
एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बादलको धारणा पार्टीको नीति र मान्यतासँग मेल नखाने बताएका छन्। उनले यस विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गर्दै आकस्मिक रूपमा केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन्। सो बैठकमा उक्त अभिव्यक्तिबारे समीक्षा गरी उचित निर्णय लिने अपेक्षा गरिएको उनले बताएका छन्।
![]() |
![]() |
![]() |
|---|
यसैगरी उपमहासचिव योगेश भट्टराईले पनि घुमाउरो रूपमा असहमति जनाउँदै नेपाली सेना, न्यायालय तथा कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन्।
उनले जनताको बहुदलीय जनवादअनुसार प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र जनमतलाई सम्मान गर्ने पार्टीको मूल मान्यता भएको उल्लेख गर्दै यस्ता संस्थाप्रति सम्मान र विश्वास कायम रहने बताएका छन्।
उपाध्यक्ष बिष्णु पौडेलका अनुसार सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने तय गरिएको छ, जहाँ यस विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



