सभामुखका उम्मेदवारले आज उम्मेदवारी दर्ता गर्नुपर्ने, डीपी निश्चित
काठमाडौँ । चैत २२ गते आइतबार हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।

आइतबार हुने सभामुख निर्वाचनका लागि संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको छ । जसअनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिने भएको हो। उम्मेदवार दर्ता पछि २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ ।
चैत २२ गते आइतबार बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने छ ।
![]() |
![]() |
![]() |
|---|
प्रतिनिधि सभाको दुई सय पचहत्तर सांसद संख्यामा एकसय बयासी सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ । रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
यो अवस्थामा स्वतः डीपी अर्याल सभामुख बन्ने निश्चित छ ।



