मलेसिया–जापान रोजगारीमा सिण्डिकेटधारीसँग साँठगाँठ गरेका संघका अध्यक्ष गुरुङले सिण्डिकेट हटाएको भ्रम छर्देगुरुङसँग व्यवसायीनै वाक्क, ११ हजार ५ रिग्रेटमै भिसा किनेको उजुरी
काठमाडौं– मलेसियाको स्वास्थ्य परिक्षण र जापानको वैदेशिक रोजगारीमा सिण्डिकेटको लविङ गरेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले सिण्डिकेट रोकेको भ्रम फैलाउन थालेका छन् ।

संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगारी क्षेत्रकै बिचौलियाको पहिचान बनाएका कतार भिसा सेन्टरका संञ्चालक हेम गुरुङ, स्वास्थ्य महासंघका अध्यक्ष कैलाश खड्का र प्रेम कटुवासँग मिलेर उनले मलेसियाको स्वास्थ्य परिक्षण र जापानको वैदेशिक रोजगारीमा सिण्डिकेट लगाउन लविङ गरेका थिए ।
अहिले उनै गुरुङले आफुले मलेसियाको स्वास्थ्य परिक्षणको सिण्डिेकट रोकेको दाबी र जापानको वैदेशिक रोजगारीमा सिण्डिकेट रोकेको भन्दै व्यवसायीमाझ भ्रमात्मक प्रचार गर्न थालेका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले आफुले संघको नेतृत्वमा आएपछि यी काम गरेको दाबी गरेका छन् । तर उनले यी कामदार नगरेको व्यवसायीहरु नै बताउँछन् । यता मध्येपुर्वको युद्धका कारण थलिन थालेको वैदेशिक रोजगारीका समस्या समाधान तिर संघका अध्यक्ष गुरुङले ध्यान दिएका छैन ।
व्यवसायीको मर्मअनुसार काम नगरेको र सरकारसँग त्यहीअनुसार छलफल पनि चलाउन नसकेका अध्यक्षले अहिले आफुले नै विभिन्न देशको सिण्डिकेट रोकेको र यसमा आफनो ठुलो हात भएको दाबी समेत व्यवसायीबिच गरिरहेका छन् ।
सरकारले हिजोदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा विमानस्थलमा लागत खर्चको शुल्क पेश गर्नुपर्ने नियम ल्याएपछि अर्कोतिर व्यवसायी आंकित छन् ।
Image Source: © https://mulpatra.com
फ्रि भिसा र फ्रि टिकट पुनलोकन, सय कोटा खारेजी, सिण्डिकेट अन्त्य र डिमाण्ड प्रमाणिकरणमा अनलाइन प्रणाली सुधार लागि तत्कालिन वैदेशिक रोजगार व्यवसायी संघलै दबाब र श्रम मन्त्रालयसँग छलफल गरेको थियो । त्यसबेला संघको कार्यसमितिले गरेको काम अहिले गुरुङले मैले गरेको भन्दै प्रचार थालेका छन् ।
संघको नेतृत्वमा आएपछि नै विवादमा तानिएका गुरुङलाई अहिले संघको अध्यक्षबाट हटाउनुपर्छ भनेर व्यवसायीले दबाब समेत दिन थालेका छन् । अध्यक्ष गुरुङले केही व्यवसायी ठगि कार्यमा संलग्न छन् भन्दै वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयमा आफनो राखेका थिए ।
मलेसिया–जापान रोजगारीको सिण्डिकेटकै लविङ गरेका अध्यक्ष गुरुङले सिण्डिकेट रोकेको भ्रम फैलाउन थालेका छन् । यीनै वैदेशिक रोजजारीमा कामदारका हकमा सिण्डिकेट लगाउन ठुलै चलखेल गरेका थिए ।
गत २४ फेब्रुअरी अर्थात् मंगलबार जापानको राजधानी टोकियोमा हुने दोस्रो जापान–नेपाल रोजगार सम्मेलनको तयारी पूरा भएको छ ।
टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो–कानमा आयोजना हुने रोजगार सम्मेलनमा भाग लिन नेपालबाट करिब ४ दर्जन वैदेशिक रोजगार व्यवसायी जापान आएका छन् ।
तर यही कार्यक्रमका लागि भिसाको आवेदन दिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङलाई जापानले भिसा दिएनन् । उनले जापान रोजगारीमा सिण्डिकेटको चलखेलका कारण भिसा रद्द गरेको नेपालस्थित जापान दूतावास स्रोतले जनाएको थियो ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ, स्वास्थ्य संस्था सञ्चालक संघ, गम्का, कतार भिसा सेन्टर, दक्षिण कोरिया, जापान, इजरायल र युके जाने कामदारका हकमा स्वास्थ्य परिक्षणमा फरक–फरक नियम छ । यो नियम तोडनुभन्दा उनले विभेद गरेको व्यवसायीकै आरोप छ ।
संघको अध्यक्ष भएपछि गुरुङ व्यक्तिगत भिसा कामदार पठाउने, भिसा किनेर कामदार पठाउने र अन्य सिण्डिकेटधारी व्यवसायीसँग मिलेर संस्थालाई आफनो म्यानपावर कम्पनीजस्तै ठान्न थालेपछि उनीसँग म्यानपावर व्यवसायी नै रुष्ट छन् । उनकै कारण कतिपय संघको सदस्यले समेत राजिनामा दिएका छन् ।
संघका अध्यक्ष गुरुङले नै मलेसियाबाट ११ हजारसम्म तिरे भिसा किनेर ल्याउने गरेका छन् । उनले यसरी भिसा किनेर ल्याएपछि कामदारसँग ५–६ लाख मलेसियाको लागत खर्च कामदारसँग लिने गरेको गुनासो वैदेशिक रोजगार विभागमा समेत परेको छ । यसको बारेमा उनले कै स्पष्टिकरण समेत दिएका छैन ।
भने संघको साधारण सदस्य समेत त्याग्ने व्यवसायीको संख्या समेत बढ्दो छ । एक व्यवसायीका अनुसार उनले संघको अनलाइन प्रणाली समेत हेर्न जान्दैन् । गुरुङ आफुलाई २२ वर्षदेखि व्यवसायी गर्दै आएको र आफुविरुद्ध बोल्नलाई वैदेशिक रोजगार विभाग लगाएर छापा मार्ने धम्की समेत दिदै आएका छन् । गुरुङ स्यंम ठगिमा, भिसा किनबेच र वैदेशिक रोजगारीका सिण्डिकेटधारीसँग मिलेका छन् ।
दशैं अगाडी जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को)को कार्यक्रममा सहभागि हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङ जापान पुगेका थिए । त्यतिबेला उनले संघका पदाधिकारी र कार्यवाहक अध्यक्ष समेत कसैलाई नतोकि जापान गएको संघकै पदाधिकारीले आरोप लगाएका थिए ।
र संघका अध्यक्ष गुरुङ जिट्कोकै सञ्चालकसँग मिलेर जापान गएपछि केही कोटा ल्याउन पहल गरेका थिए । उनले जापानको रोजगारीमा केही सिण्डिकेटधारीसँग मिलेर प्रभुत्व जमाउन प्रयास समेत गरे । उनले कतिपय व्यवसायीसँग जापानबाट आफुले नै कोटा ल्याएर अरु दिनेसम्म प्रस्ताव गरेका थिए ।
गुरुङले यूएईको रोजगारी बन्द भएको विषयमा सरकारसँग पहल गर्न सकेन । जसका कारण श्रम र परराष्ट्र मन्त्रालयले वेवास्ता गदै आएको व्यवसायीको बुझाइ छ । अहिले यूएई जाने कामदारलाई प्रहरी रिपोर्टका नाममा १४ हजार २ सय लिने चलेखेलमा समेत गुरुङ संलग्न रहेको व्यवसायीको आरोप छ ।
यूएई रोजगारी भिसा खुलेसँगै खुलेसँगै रोजगारी र भ्रमणमा जाने नेपालीमाथि ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा नयाँ र महँगो आर्थिक भार थपेको छ । युएई जाने नेपालीहरुले भिसा प्रमाणिकरणका लागि १४ हजार २ सय तिनुपर्ने भएको छ । तर यसको पछाडी ५ जना म्यानपावर व्यवसायीको हात रहेको वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका व्यवसायीहरुले बताउन थालेका छन् ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका विकृतिको अन्त्य गर्ने भन्दै गठन गरेको ‘स्पेसल टास्क फोर्स’सहित १६ जनाको अनुगमन टोलीमा मन्त्रालयका सहसचिव लवराज जोशी र उपेन्द्र पौडेलले नेतृत्व गरिरहेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ, स्वास्थ्य संस्था सञ्चालक संघ र गाम्कामार्फत ६ हजार ५ सय स्वास्थ्य परिक्षण गराएको शुल्क लिने गरेका छन् । भने, कतार भिसा सेन्टर, दक्षिण कोरिया, जापान, इजरायल र युके जाने कामदारले स्वास्थ्य परिक्षण गराएवापत १० हजार ५ सयभन्दा बढी शुल्क तिर्दै आएका छन् ।
यसमाल संघका अध्यक्ष गुरुङको पनि हात रहेको व्यवसायी र श्रम मन्त्रालयका कर्मचारीको आरोप छ । उनले कतार भिसा सेन्टर, दक्षिण कोरिया, जापान, इजरायल र युके जाने कामदारका हकमा स्वास्थ्य परिक्षणको शुल्कका हकमा भने श्रम मन्त्रीले एक शब्द बोलेका छैन ।
यसका पछाडी श्रम मन्त्री भण्डारी र कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङबीच अर्को सिण्डिकेटको चलखेल रहेको समेत श्रम मन्त्रालयले स्रोतको भनाइ छ ।
उनी यीनै गुरुङको पछि लागेर श्रम मन्त्रालयमा लगेर विभिन्न देशमा सिण्डिकेटका लागि लविङ गरेका थिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



