Close

Recent Posts

हालान्डको दुई गोलसँग नर्वे ब्राजिललाई हराउँदै क्वाटरफाइनलमा

हालान्डको दुई गोलसँग नर्वे ब्राजिललाई हराउँदै क्वाटरफाइनलमा
  • २२ असार २०८३, सोमबार ०७:५३

अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको रोमाञ्चक खेलमा एर्लिङ हालान्डको दुई निर्णायक गोलको मद्दतमा नर्वेले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

mulpatra

लामो समयसम्म गोलरहित रहेको खेलको ७९औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको उत्कृष्ट क्रसलाई हालान्डले शक्तिशाली हेडमार्फत जाली चुमाउँदै नर्वेलाई अग्रता दिलाए। त्यसपछि निर्धारित समयको ९०औँ मिनेटमा उनले अर्को सुन्दर प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। अतिरिक्त समयको १०औँ मिनेटमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले हार टार्न सकेन।

खेलको १४औँ मिनेटमै ब्राजिलले अग्रता लिने अवसर पाएको थियो। तर ब्रुनो गुइमारेसको पेनाल्टी प्रहार नर्वेका गोलरक्षक ओर्जान नाइल्याण्डले शानदार रूपमा बचाउँदै टोलीलाई संकटबाट जोगाएका थिए। नाइल्याण्डको उत्कृष्ट प्रदर्शन नर्वेको ऐतिहासिक जितको अर्को महत्वपूर्ण आधार बन्यो।

mulpatra mulpatra mulpatra

जितपछि निकै उत्साहित देखिएका हालान्डले, “सायद यसले नर्वेली फुटबलको इतिहास नै परिवर्तन गर्नेछ। यो नर्वेका लागि सबैभन्दा अविस्मरणीय दिनहरूमध्ये एक हो,” भन्दै खुसी व्यक्त गरे। प्रशिक्षक स्टाले सोल्बाकेनले पनि यो रात सम्पूर्ण नर्वेली समर्थकका लागि ऐतिहासिक भएको प्रतिक्रिया दिए।

यता पराजित ब्राजिलका कप्तान मार्क्विन्होसले टोलीले सिर्जना गरेका अवसरको सदुपयोग गर्न नसकेको स्वीकार गर्दै विश्वकपजस्तो प्रतियोगितामा साना गल्तीले पनि ठूलो मूल्य चुकाउनुपर्ने बताए। यो हारसँगै ब्राजिल सन् १९९० यताकै पहिलोपटक विश्वकपको क्वाटरफाइनल पुग्न असफल भएको छ।

अब नर्वेले जुलाई ११ मा मियामीमा हुने क्वाटरफाइनलमा इङ्ग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हालान्डले यस विश्वकपमा सात गोल पूरा गर्दै गोल्डेन बुटको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका छन्। एजेन्सी

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com