सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने
काठमाडौं । पेट्रोलियम पदार्थको असहजताका कारण सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

इरान–इजरायल अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या रहेको छ । पेट्रोलियम पदार्थमा हरेक पन्ध्र दिन जस्तोमा मुल्य बुद्धि गर्दै गरेको सरकारले हप्तामा दुई दिन विदा दिने घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सातामा सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
![]() |
![]() |
![]() |
|---|
शैक्षिक संस्थाबाहेक सरकारका कार्यालयहरु हप्ताको ५ दिनको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने समेत निर्णय गरेको छ ।



