Close

Recent Posts

नयाँ सोच र खोज अभियान:श्रममन्त्री शाहलाई श्रम- वैदेशिक रोजगारी सुधारका बुझायो ध्यानाकर्षणपत्र

नयाँ सोच र खोज अभियान:श्रममन्त्री शाहलाई श्रम- वैदेशिक रोजगारी सुधारका बुझायो ध्यानाकर्षणपत्र
  • २३ चैत्र २०८२, सोमबार १३:५५

काठमाडौं– परिवर्तनका लागि नयाँ सोच र खोजले वैदेशिक रोजगारी, स्वास्थ्य र अभिमुखिकरण क्षेत्रका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार शाहलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

mulpatra

आज श्रम मन्त्रालयमै वैदेशिक रोजगारी क्षेत्र सुधार्न सरकार, व्यवसायी, र कामदार—तीनै पक्षले ठोस कदम चाल्नपर्ने आवश्यक रहेको भन्दै अभियानका श्रम, स्वास्थ्य र अभिमुखिकरण संयोजक लक्ष्मण पौडेलको नेतृत्वमा गएको संयोजक लक्ष्मण पौडेल, सञ्जय आचार्य, पकंजकुमार झा ऋषि भट्टराई र विष्णु सुवेदीको टोलीले श्रम मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

श्रममन्त्री शाहले ध्यानाकर्षण पत्र बुझदै वैदेशिक रोजगारी, आन्तरिक श्रम बजार, यस क्षेत्रको अभिमुखिकरण र स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गदै कामदारमैत्री बनाउन आश्वासन दिएका छन् ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारी सिर्जना र विकासमा आफनो जोड रहेको शाहले बताएका छन् । अर्थतन्त्रको मेरुदण्ड भनेको आन्तरिक रोजगारी भएका कारण यसलाई प्रथामिकतामा राखेर काम उनले परिवर्तनका नयाँ सोच र खोजको अभियान टोलीसँग बताए ।

सरकारले हाल श्रम बजारमा देखिएका समस्या समाधानका लागि हामीले श्रम मन्त्री ज्यूलाई ध्यानाकर्षण पत्र बुझाएको छौं । उहाँले पनि ध्यानाकर्षणपत्र बुझदै आन्तरिक रोजगारी, वैदेशिक रोजगारी, यसैसँग सम्बन्धीत स्वास्थ्य र अभिमुखिकरण तालिमका समस्या अध्ययन गरी समाधान गर्ने आश्वासन दिनुभएको संयोजक पौडेलले जानकारी दिए ।

उनका अनुसार श्रम बजारको समस्या समाधान र सुधार्न श्रम मन्त्री ज्यू गम्भीर हुनुहुँदो रहेछ । हामीले पनि बजारमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने उहाँसँगको भेटमा बताएको छौं ।

Image Source: © https://mulpatra.com

नयाँ सोच र खोजले श्रम मन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्र

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com