गृहमन्त्री रोशी निरीक्षणमा
काठमाडौँ । गतबर्ष बाढीले बगाएर क्षतिग्रस्त भएको वीपी राजमार्गको रोशी खण्ड निरिक्षणका लागि गृहमन्त्री सुदुन गुरुङ जाने भएका छन् । काभ्रेको रोशी खोलाले बगाएका करिब १२ किमि सडक पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि आज गुरुङले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।

बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्ने योजनामा सरकार लाग्न गुरुङले सुरक्षा संयन्त्रलाई निर्देशन दिईसकेका छन् । त्यस्ता तयारीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने योजना तयार गरेको छ ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको अवलोकन समेत गर्नेछन् ।
![]() |
![]() |
![]() |
|---|



