Close

Recent Posts

२०८० सालमै श्रममन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्त,अहिले विवादमा यतिकै तानिएको स्पष्टिकरण

२०८० सालमै श्रममन्त्री पत्नी स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्त,अहिले विवादमा यतिकै तानिएको स्पष्टिकरण
  • २४ चैत्र २०८२, मंगलवार १०:२१

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय विवादमा परेपछि श्रेष्ठले प्रष्टिकरण दिएकी छन् ।

mulpatra

मन्त्री पत्नी जुनुले आज बिहान फेसबुक स्ट्याटसमा स्पष्टिकरण दिँदै बीमा बोर्डमा मनोनयनसम्बन्धी कुनै पनि पत्र आफूले नबुझेको बताएकी छन् ।

यसअघि पनि बोर्डमा रहेकी जुनु लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी जुनु साह श्रेष्ठलाई पुनः सोही पदमा नियुक्त गरेपछि रास्वपाले उठाएको परिवारवाद र मेरिटको कुरामाथि प्रश्न उठेको थियो ।

mulpatra mulpatra mulpatra

जुनुको पछिल्लो नियुक्ति त २०८० मङ्सिर १४ गते भएको थियो । उनले बिमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

पछिल्लो समय केही बैठकमा लगातार अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् । अहिले पुनः उनलाई सदस्यका रुपमा नियुक्ति दिएको नभई सद स्यका रुपमा बैठकमा निरन्तरतामात्र गराइएको दावी स्वास्थ्य मन्त्रीको सचिवालयको छ ।