Close

Recent Posts

सरकारले सार्वजनिक यातायातको भाडादर बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडादर बढ्यो
  • २५ चैत्र २०८२, बुधबार १४:४९

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

mulpatra

नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।

इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ ।

mulpatra mulpatra mulpatra

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले भाडावृद्धिको निर्णय सदर गरेसँगै विभागलाई अनुमति प्राप्त भएको छ । अब विभागले औपचारिक रूपमा सूचना निकालेर जानकारी गराउनेछ ।