Close

Recent Posts

इजरायली सेनाका पूर्वप्रमुखको फोन ह्याक, १९ हजारमध्ये केही गोप्य भिडियो र तस्बिर सार्वजनिक

इजरायली सेनाका पूर्वप्रमुखको फोन ह्याक, १९ हजारमध्ये केही गोप्य भिडियो र तस्बिर सार्वजनिक
  • २७ चैत्र २०८२, शुक्रबार २०:५७

काठमाडौं– इजरायी रक्षा बल (आईडीएफ) पूर्वप्रमुख हर्जी हलेभीको फोन ह्याक भएको छ । उनको फोन र अरू विद्युतीय उपकरण ह्याक गरेर १९ हजार भिडियो र तस्बिर आफ्नो नियन्त्रणमा आएको दाबी गर्दै ह्याकर समूहले केही तस्बिर भने सार्वजनिक गरेको छ ।

mulpatra

इरानसँग सम्बन्धित हन्डाला समूहले पूर्वआईडीएफ प्रमुख हलेभीको काम र पारिवारिक जीवनसँग सम्बबिन्धत तस्बिरहरू सार्वजनिक गरेका टाइम्स अफ इजरायलले जनाएको छ ।

एक ह्याकर समूहले बिहीबार पूर्वआईडीएफ प्रमुख हलेभीका उपकरणहरू ह्याक गरेको दाबी गर्दै भिडियो तथा तस्बिरहरू सार्वजनिक गरेको बताएको छ।

mulpatra mulpatra mulpatra

हन्डालाले आफ्नो वेबसाइटमा दाबी गरेको छ कि उसले ‘वर्षौँदेखि अदृश्य रूपमा हलेभीको प्रणालीभित्रै’ बसेर काम गरिरहेको थियो, र सो अवधिमा सबैभन्दा गोप्य बैठकहरूबाट १९ हजारभन्दा बढी गोप्य तस्बिर र भिडियोहरू’ सङ्कलन गरेको थियो।

ह्याकर समूहले दर्जनौँ तस्बिर र भिडियोहरू सार्वजनिक गरेको छ । जसमा हलेभी सैन्य अड्डाहरूको भ्रमण गरिरहेको, पाइलटहरूसँगको भेटघाट गरिरहेको, ब्रिफिङ तथा बैठकमा सहभागी भएको र आफ्नै कार्यालयमा व्यायाम गरिरहेको देखिन्छ।

पूर्वसेना प्रमुखको पारिवारिक जीवनका केही तस्बिरहरू पनि सार्वजनिक गरिएका छन्, साथै हलेभी र उनकी श्रीमतीका परिचयपत्रहरू पनि समावेश छन्।

Image Source: © https://mulpatra.com

ह्याकरले सार्वजनिक गरेका तस्बिर र भिडियोमा पहिले सार्वजनिक नगरिएका केही बैठकहरू र भ्रमणहरू पनि देखाएको छ।

एउटा भिडियो र तस्बिरमा हलेभीले जोर्डनमा आफ्ना समकक्षी मेजर जनरल युसेफ हुनेइतीसँग भेट गरेको, र सन् १९६७ को सिक्स डे वारमा मारिएका एक जोर्डनियन सैनिकको खुकुरी (ड्यागर) उनलाई हस्तान्तरण गरेको देखाइएको छ ।

अन्य तस्बिरहरूमा हलेभी कतारमा पूर्वअमेरिकी सेन्ट्रल कमाण्ड प्रमुख माइकल कुरिल्लासँगको भेटमा देखिन्छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com