धितोपत्र कारोबार सन्चालन विनियमावली संसोधन गर्दै शेयरमा १५ प्रतिशतको सिमा राखियो
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ संसोधन गर्दै पूँजीबजारको कारोबारलाई थप फराकिलो बनाएको छ ।

संशोधित व्यवस्थाअनुसार शेयरमा १५ प्रतिशतको सिमा राखिएको छ । यसभन्दा अघि कुनै पनि कम्पनीको शेयर मुल्य १० प्रतिशत घटबढ भए सर्किट लाग्ने व्यवस्था थियो । संसोधित नियम अनुसार सर्किट प्रतिशतलाई बढाएर १५ पुर्याएको छ । अबदेखि १५ प्रतिशत शेयर मुल्य घटबढ भए मात्र सर्किन लाग्ने व्यवस्था गरिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले उक्त संसोधित विनियमावली कार्यान्वयनमा ल्याउने तयारी गरिने नेप्सेले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
सूचीकृत कम्पनीहरुको प्री–ओपन सेसनको मापदण्डमा समेत परिवर्तन गरिएको छ । संशोधित विनियमावली अनुसार ‘प्री–ओपन सेसन’ मा नेप्से सूचकमा हुने वृद्धि वा गिरावटको पहिलो सीमा ५ प्रतिशत कायम गरिएको छ। यसअघि यो सीमा निकै न्यून भएकाले बजार खुल्नेबित्तिकै मूल्य सन्तुलनमा समस्या देखिने गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार नेप्से इन्डेक्सको सर्किट ब्रेकरमा कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेका लागि स्थगन गरिनेछ । यसअघि ४ प्रतिशत वा घटे वा बढेमा २० मिनेटसम्म बजार स्थगित गर्ने व्यवस्था थियो ।
साथै ५ प्रतिशतको ब्रेकपछि बजार खुलेर नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा उक्त दिनको लागि सम्पूर्ण कारोबार बन्द हुनेछ । यसअघि ६ प्रतिशतले बजार घटबढ भएमा बजार बन्द हुने व्यवस्था थियो ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



