काठमाडौंमा नयाँ भाडादर विद्युतीय सवारीमा भने बढेन
काठमाडौँ । बागमती प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गर्दै बागमती प्रदेश सभाले सूचना प्रकाशित गरेको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो । विद्युतीय सवारी साधनमा भने पुरानै मुल्य कायम रहने समेत सूचनामा जनाइएको छ ।

नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ ।
काठमाडौँ उपत्यकाको भाडादरः
उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ पुगेको छ भने दुरीका आधारमा थप बढने गरि समायोजन गरिएको छ ।
० देखि ५ किलोमिटरसम्मस् २४ रुपैयाँ
० देखि १० किलोमिटरसम्मस् ३३ रुपैयाँ
० देखि १५ किलोमिटरसम्मस् ३९ रुपैयाँ
० देखि २० किलोमिटरसम्मस् ४४ रुपैयाँ
२० किलोमिटरभन्दा माथिस् ५० रुपैयाँ
![]() |
![]() |
![]() |
|---|



