प्रमुख जनस्वास्थ्य प्रशासक र बोर्डका कार्यकारी निर्देशक सँग तीन दिनभित्र स्पष्टीकरण माग
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलसँग तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ । स्वास्थ्य बीमा बोर्डको निष्क्रिय भइसकेकी सदस्य जुनु श्रेष्ठलाई पुनः बैठकमा सहभागी गराइएको विषय सार्वजनिक भएपछि सोही विषयमा सत्यतथ्य छानविन गर्न स्पष्टीकरण माग गरिएको हो ।

स्वास्थ्य बीमा बोर्डबाट निस्कासित सदस्यलाई पुनः नियुक्तिको विषय सार्वजनिक भएपछि मन्त्रालयले चासो देखाएको छ । उक्त प्रकरणमा निर्णय प्रक्रिया, माइन्युट व्यवस्थापन तथा बैठकमा सहभागितासम्बन्धी कागजात मिलाउने कार्यमा कर्मचारीहरूको संलग्नताबारे सार्वजनिक भएका तथ्यलाई गम्भीर रूपमा लिइएको जनाएको छ ।
कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमार्फत सापकोटा र पौडेललाई उक्त विषयमा आफ्नो संलग्नता, भूमिका तथा यसरी अवस्था सिर्जना हुनुका कारणबारे स्पष्ट पार्दै तीन दिनभित्र मन्त्रालयमा लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।
![]() |
![]() |
![]() |
|---|
श्रेष्ठ हालै पदमुक्त गरिएका पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साहकी पत्नी हुन् ।



