इरान–अमेरिका वार्ता निष्कर्षविहीन, ट्रम्पको आफू माथि रहेको दाबी
पाकिस्तानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामाबादमा सम्पन्न त्रिपक्षीय वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। करिब २१ घण्टासम्म चलेको गहन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका जेडी भान्स आइतबार फर्किएका छन्।

वार्तामा आणविक कार्यक्रम, प्रतिबन्ध, होर्मुज जलडमरूम तथा क्षेत्रीय सुरक्षाजस्ता विषयमा छलफल भए पनि सहमति जुट्न सकेन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्ताको निष्कर्ष ननिस्किए पनि आफू चिन्तित नरहेको प्रतिक्रिया दिएका छन्। उनले अमेरिका सैन्य रूपमा बलियो अवस्थामा रहेको दाबी गर्दै इरानलाई “जसरी पनि जित्ने” अभिव्यक्ति दिएका छन्।
![]() |
![]() |
![]() |
|---|
ट्रम्पले इरानको नौसैनिक क्षमताबारे टिप्पणी गर्दै उनीहरूको अधिकांश सामरिक शक्ति कमजोर भइसकेको दाबीसमेत गरेका छन्।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले वार्तामा सकारात्मक वातावरण बने पनि सहमति हुन नसकेको स्वीकार गरे। अमेरिकी पक्षले इरानसँग आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता मागेको थियो भने इरानी पक्षले उक्त सर्त जटिल रहेको जनाएको छ।
दुवै पक्षले वार्ता जारी राख्ने संकेत दिएका छन्, तर दीर्घकालीन समाधानका लागि अझै विश्वास र लचिलोपन आवश्यक देखिएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



