जेनजी घाइतेका नाममा निःशुल्क एमबिबिएस गैर कानुनी, डा. केसी

जेनजी घाइतेका नाममा निःशुल्क एमबिबिएस गैर कानुनी, डा. केसी
  • २९ चैत्र २०८२, आईतवार १३:०५

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसी ले ‘जेनजी आन्दोलन’का क्रममा घाइते भएकी एक युवतीलाई निःशुल्क एमबीबीएस अध्ययनको व्यवस्था गर्ने सरकारी निर्णय गैरकानुनी रहेको बताएका छन्।

mulpatra

आइतबार जारी विज्ञप्तिमा उनले शिक्षा मन्त्रालयले उक्त निर्णयलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार भएको दाबी गर्नु गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्। मन्त्रालयले ‘जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस दिनु नियमविपरीत होइन’ भन्दै सार्वजनिक गरेको धारणा कानुनी व्यवस्था विपरीत रहेको उनको भनाइ छ।

डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार एमबीबीएस लगायत सबै कार्यक्रमहरूमा भर्ना योग्यता क्रमसूचीका आधारमा मात्र हुनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएका छन्। उनले चालु शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा यस्तो निर्णय गर्नु विधिको शासनमाथि ठाडो चुनौती भएको बताएका छन्।

mulpatra mulpatra mulpatra

उनले प्रधानमन्त्री बालेन शाह को निर्देशनमा सम्बन्धित मन्त्रीहरूको सह-अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट भएको निर्णय कानुनविपरीत रहेको उल्लेख गरेका छन्। साथै शिक्षा मन्त्रालयले दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग पनि गरेका छन्।

घाइते युवतीको आकांक्षा पूरा गर्न वैकल्पिक उपाय खोज्न सकिने सुझाव दिँदै उनले सरकारलाई कानुनी प्रावधान उल्लंघन नगर्न आग्रह गरेका छन्।

डा. केसीले विगतमा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति कार्यान्वयन गर्न समेत माग गर्दै अन्यथा सत्याग्रहसहित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com