युरोप संस्थागत नखुलाइ व्यक्तिगत भिसामा कडाइ गर्दा श्रमिकको पैसा–रोजगारी गुम्ने खतरासंघका अध्यक्षले व्यक्तिगत ठगिमा संस्थागत तिराउन विभागलाई सुझाव
काठमाडौं– युरोप र अफ्रिकी देश वैदेशिक रोजगारीमा कामदार जाने क्रम बढेको छ । म्यानपावर र व्यक्तिले युरोपका देश पोल्याण्ड, सर्विया, माल्टा, पोर्चुगल, साइप्रस, चेक रिपब्लिकका, रोमनियालगायतका देश व्यक्तिगत भिसामा कामदार पठाइरहेका छन् ।

तर वैदेशिक रोजगार विभागले गत शुक्रवार युरोपका देश रोजगारीमा पठाउने भन्दै म्यानपावर र एजेन्टले व्यक्तिगत भिसामा कामदार पठाउन रोक लगायो । युरोप र अफ्रिकी देश प्राय कन्सल्टेन्सी, ट्राभल र व्यक्तिले नै कामदार पठाउने गरेका छन् । युरोप र अफ्रिकी देश जाने कामदार प्राय व्यक्तिगत ठगिमा धेरै परेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।
पछिल्लो समय व्यक्तिगत श्रमस्वीकृति र वैधानिकीकरणका माध्यमबाट युरोपका देश जानेको नेपाली युवाको संख्या बढ्दो छ । यस विषयमा सरकारले खासै ध्यान नदिँदा नेपालबाट मात्र होइन ।
![]() |
![]() |
![]() |
|---|
यूएई, कतार, कुवेत र मलेसिष्या हुँदै पनि नेपाली कामदार जाने गरेको एक म्यानपावर व्यवसायीले जानकारी दिए । युरोपको वैदेशिक रोजगारीका हकमा संस्थागत नखुलाई व्यक्तिगत भिसामा कडाइ गर्दा पोल्याण्ड, सर्विया, माल्टा, पोर्चुगल, साइप्रस, चेक रिपब्लिकका र रोमनिया जान तयारी अवस्थामा बसेका कामदारसँग एजेन्ट र केही म्यानपावर लिएको पैसा डुब्ने अवस्था भएको यी व्यवसायीको आरोप छ ।
पछिल्लो भारत, खाडीका देश र मलेसिया हूँदै वार्षिक १ लाखभन्दा बढी नेपाली युरोपका विभिन्न शहर वैदेशिक रोजगारीमा जाने गरेको म्यानपावर व्यवसायीकै भनाइ छ । भारतबाट सबैभन्दा बढी नै युरोप र अफिकी देश वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
वैदेशिक रोजगार ऐनअनुसार सरकारले संस्थालाई व्यक्तिगत भिसामा कामदार पठाउन रोक लगाइएको वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले जानकारी दिइन् । हिजो के भयो भन्दा पनि आगामी दिनमा यस क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले नियमनमा कडाइ गर्न थालेको उनले स्पष्ट पारिन ।
Image Source: © https://mulpatra.com
युरोपका कतिपय देशमा सरकारले संस्थागत श्रम स्वीकृति जारी गर्दैन । रोजगारीका लागि यी देश जाने नेपाली कामदारले प्रायः व्यक्तिगत श्रम स्वीकृतिमा म्यानपावर कम्पनी अथवा व्यक्तिले पठाउने गरेका छन् ।
सरकारले भने ५ वर्षयता युरोपका रोजगारी संस्था खुलाउने भन्दै व्यवसायीलाई आश्वासन मात्र दिदै आएको छ । युरोपका देशमा भिसा प्रमाणीकरण नहुने भएका कारण पनि म्यानपावरले व्यक्तिगत भिसा निकालेर कामदार पठाउने गरेका छन् ।
कतिपय युरोपका देशका विभिन्न शहरमा रोजगारीमा कार्यरत नेपाली श्रमिकले नै डिमाण्ड म्यानपावर कम्पनीमा ल्याउने गरेका छन् । यसरी ल्याएको डिमाण्डमा म्यानपावरले व्यापार गर्दै आएको उजुरीसमेत विभाग पर्ने गरेको छ । तर सरकारले युरोपका देशमा संस्थागत नखुलाई व्यक्तिगत भिसामा कडाइ गर्दा यसको असर तत्काल कामदारमाथि पर्ने श्रमिककै गुनासो छ ।
सरकारले रोजगारीका लागि युरोपका देश जाने नेपाली कामदारको हकमा सेवा शुल्कसमेत निर्धारण गरेको छैन । यी देश जाने श्रमिकको हकमा सेवा शुल्क नतोक्दा म्यानपावरले मनपरी पैसा लिइरहेका छन् । सरकारले सेवा शुल्क नतोक्दा श्रमिक आर्थिक मारमा परिरहेका देखिन्छ ।
युरोप र अफ्रिकी देशमा रोजगारीमा पठाउने भन्दै व्यक्तिगत एजेन्टबाट समेत ठूलो रकम ठगीको उजुरी विभागमा पर्ने गरेको छ । म्यानपावर र व्यक्तिबाट ठगीएका श्रमिकको राहदानीसमेत म्यानपावरले हराइदिएको उजुरी आउने गरेको विभागले जनाएको छ ।
कतिपय म्यानपावरले नक्कली भिसा बनाएर ठगी गरेको समस्या लिएर पीडित आउने गरेको विभागको तथ्यांक भेटिन्छ । अब व्यक्तिगत ठगिमा समेत संस्थाबाट क्षतिपूर्ति काटेर दिन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले विभागका कर्मचारीलाई सुझाव दिएको पाइयो ।
युरोपका देशमा रोजगारीमा कार्यरत कामदारले पनि रोजगारदाता कम्पनीसँग मिलेर डिमाण्ड निकाल्दा कतिपय कामदार ठगिएका छन् । यसमा पनि कतै संस्थालाई जोडेर क्षतिपूर्ति भराउन संघका अध्यक्षले नै सुझाव दिएको विभागकै एक कर्मचारीले दिए । युरोप रोजगारी व्यक्तिगत रुपमा पठाउन बन्द गर्नुपर्छ भनेर पनि उनै गुरुङले दबाब दिएको यी कर्मचारी बताउँछन् ।
उनका अनुसार संघका अध्यक्षले नै कतिपय म्यानपावर सञ्चालक आफुविरुद्ध लागेको भन्दै छापा हान्न पनि दाबी दिने गरेका छन् । उता विभागकी महानिर्देशक आचार्यले भने वैदेशिक रोजगार ऐनभन्दा बाहिर गएर व्यक्तिगत ठगिमा संस्थागत जोड्नु नहुने बताएकी छिन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



