Close

Recent Posts

करोडपति गृहमन्त्री

करोडपति गृहमन्त्री
  • २९ चैत्र २०८२, आईतवार २१:०६

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार गृह मन्त्री सुदन गुरुङसँग १ केजी भन्दा बढी सुन रहेको देखिएको छ । उनीसँग सुनचाँदीसहित विभिन्न जिल्लामा करोडौ मुल्यका जग्गा र शेयरहरु रहेको देखिएको छ।

mulpatra

गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ। उनले धनकुटाको कार्कीछाप, चितवनको भरतपुर र गोरखाको चुमनुब्रीमा आफ्नो र परिवारको नाममा जग्गा रहेको उल्लेख गरेका छन्। यीमध्ये अधिकांश जग्गा पैतृक रहेको विवरणमा जनाइएको छ।

उनले धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । चितवनमा ३० कट्ठा, गोरखामा २२१रोपनी जग्गा रहेको विवरण सार्वजनिक भएको छ । उनीसँग सुन ८७ तोला, चाँदी मात्र ६ किलो रहेको छ । गुरु«ङसँग भएको सुनको हालको बजार मुल्य मात्र पनि अढाइ करोड बढी हुन आउँछ ।

mulpatra mulpatra mulpatra