Close

Recent Posts

होर्मुज जलमार्ग नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

होर्मुज जलमार्ग नाकाबन्दी गर्ने ट्रम्पको घोषणा
  • ३० चैत्र २०८२, सोमबार ०८:०२

काठमाडौं । डोनाल्ड ट्रम्प ले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेका छन् । उनको यो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ।

mulpatra

अमेरिका र इरान बीच बढ्दो तनावका बीच ट्रम्पले अमेरिकी नौसेनालाई होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने सबै जहाजमा निगरानी तथा नियन्त्रण गर्न निर्देशन दिएका हुन्। पाकिस्तानको इस्लामाबाद मा भएको द्विपक्षीय वार्ता निष्कर्षविहीन भएपछि यस्तो निर्णय आएको जनाइएको छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त जलमार्गबाट प्रवेश गर्ने वा बाहिरिने हरेक जहाजलाई रोक्ने र जाँच गर्ने स्पष्ट पारेका छन्। यस कदमले विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना गर्ने चिन्ता बढाएको छ।

mulpatra mulpatra mulpatra

यसैबीच अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य करिब १०२ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ भने अमेरिकी क्रुडको मूल्य पनि १०४ डलर आसपास पुगेको छ। विश्लेषकहरूले होर्मुज जलमार्गमा अवरोधले ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पार्न सक्ने बताएका छन्।

होर्मुज जलमार्ग विश्वको एक महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने गर्छ। पछिल्लो समय इरानले आफ्ना पक्षमा रहेका मुलुकहरूलाई मात्र तेल आपूर्ति गर्न दिने संकेत गरेपछि स्थिति झन जटिल बनेको छ।

ट्रम्पले “इरानलाई मनपर्ने देशलाई मात्र तेल बेचेर फाइदा लिन दिने अवस्था स्वीकार्य नहुने” बताएका छन्। यद्यपि, उनको यो कदमले अमेरिकी उपभोक्तामाथि नै मूल्यवृद्धिको दबाब बढाउने जोखिम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com