Close

Recent Posts

होर्मुज स्ट्रेटमा नाकाबन्दी गरे बदला लिने इरानी सेनाको ट्रम्पलाई चेतावनी

होर्मुज स्ट्रेटमा नाकाबन्दी गरे बदला लिने इरानी सेनाको ट्रम्पलाई चेतावनी
  • ३० चैत्र २०८२, सोमबार १४:४०

काठमाडौं– इरानी सेनाले अमेरिकालाई होर्मुज स्ट्रेटमा नाकाबन्दी गरेको बदला लिने चेतावनी दिएको छ । इरानले अमेरिकाको धम्की ’गैरकानुनी’ र ’समुद्री डकैती’ बराबर भएको टिप्पणी गरेको छ ।

mulpatra

समाचार एजेन्सी आईआरआईबीमा जारी विज्ञप्तिमा इरानले युद्ध समाप्त भएपछि पनि होर्मुज स्ट्रेटमा नियन्त्रण कायम राख्ने बताएको छ ।

इरानले भनेको छ, ‘शत्रुका जहाजहरूलाई इरानको समुद्री सीमा पार गर्ने अधिकार छैन ।’

mulpatra mulpatra mulpatra

खाडी मुलुकहरूलाई चेतावनी दिँदै इरानी सेनाले भनेको छ, ‘यस क्षेत्रका बन्दरगाहको सुरक्षा कि सबैका लागि हुनेछ कि कसैका लागि पनि हुने छैन ।’

उसले अगाडि भनेको छ, ‘यदि अमेरिकी सेनाले इरानी बन्दरगाहहरूलाई निसाना बनाउँछ भने फारसका खाडी र ओमान सागरका पनि कुनै बन्दरगाह सुरक्षित रहने छैनन् ।’

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि होर्मुज स्ट्रेट आउजाउ गर्ने जहाजहरूलाई रोकिने धम्की दिएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com