Close

Recent Posts

सम्पत्ति शुद्धीकरणले रि–इन्स्योरेन्स, व्यवसायी भट्ट र अग्रवालको घरमा छापा

सम्पत्ति शुद्धीकरणले रि–इन्स्योरेन्स, व्यवसायी भट्ट र अग्रवालको घरमा छापा
  • २ बैशाख २०८३, बुधबार १२:३८

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्स कम्पनीको कार्यालयसहित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा समेत छापा मारेको छ ।

mulpatra

हिमालयन रि इन्स्योरेन्स कम्पनीसहित ५ कम्पनीबाट गैरकानुनी रूपमा ३ अर्बभन्दा बढी रकम हिनामिना गरेको प्रकरणमा विभागले अनुसन्धान गरिरहेको छ ।

अनियमिततामा सीलग्न भएको आरोप लागेका अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने दीपक भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

mulpatra mulpatra mulpatra

मंगलबार विभागले दुवैको निजी निवास र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा मारेको स्रोतको भनाइ छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको हो । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।