Close

Recent Posts

सालको पहिलो नेप्से ३३ अंकले बढ्यो

सालको पहिलो नेप्से ३३ अंकले बढ्यो
  • २ बैशाख २०८३, बुधबार १५:३१

काठमाडौं– २०८३ लाई शेयर बजारले हरियो झन्डा देखाएर स्वागत गरेको छ । नयाँ वर्ष सुरु भएपछि भएको पहिलो कारोबार बढेर बन्द भएको छ ।

mulpatra

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ३३.२७ अंकले बढेर बन्द भएको छ । आज नेप्से १.१७ प्रतिशतले बढेर परिसूचक २८६६.८७ विन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ३८ हजार ६२१ कित्ता शेयर कारोबार भएको छ ।

mulpatra mulpatra mulpatra

आज बजार बन्द हुँदा २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।