खानेपानीको मुल्य चालिस प्रतिशत बढाउन सिफारिस

खानेपानीको मुल्य चालिस प्रतिशत बढाउन सिफारिस
  • ६ बैशाख २०८३, आईतवार ०७:५९

काठमाण्डौ । नेपाल पानी उद्योग महासंघले आफ्ना सदस्य उद्योगहरूलाई पिउने पानीको मूल्य एकैपटक करिब ४० प्रतिशतसम्म बढाउन सिफारिस गरेको छ ।

mulpatra

इन्धनको मूल्यमा आएको तीव्र वृद्धिका कारण व्यवसाय संकटमा पर्न लागेको भन्दै विज्ञप्तिमार्फत मुल्य बढाउन सिफारिस गरेको हो ।

महासंघका अनुसार कच्चा पदार्थ, ढुवानी र सञ्चालन खर्चमा अस्वाभाविक वृद्धि भएपछि उद्योग सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी इन्धनको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोधले उत्पादन लागत तीव्र रूपमा बढेको दाबी गरिएको छ।

mulpatra mulpatra mulpatra

विज्ञप्तिमा उल्लेख गरिएअनुसार प्लास्टिकजन्य कच्चा पदार्थ, प्याकेजिङ सामग्री र ढुवानी खर्चमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र आपूर्ति प्रणालीमा आएको समस्या कारण कच्चा पदार्थको उपलब्धता र मूल्य दुवै प्रभावित भएको महासंघको भनाइ छ। यस्तो अवस्थामा हालको मूल्यमा उत्पादन तथा वितरण जारी राख्न उद्योगहरू सक्षम नरहेको निष्कर्ष महासंघले निकालेको छ।

हेर्नुहोस विज्ञप्तीः