मन्त्री सोसरह देखाउन खोज्ने राश्वपा संसद् सोम शर्मालाई श्रम मन्त्रालयमा के राखिएको हो ?शर्मा हेमराज थापासँग अभियान चलाएको विज्ञता ठान्छन्
काठमाडौं– बागलुङ– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित संसद् सोम शर्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा २ जना मन्त्रीसँग देखिए । उनले तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक शाहसँग सम्मान कुर्सीमा बसेर पत्रकार सम्मेलनमा देखिए ।

गत चैतमा पत्रकारले शाहलाई विगतमा उनीमाथि लागेको आरोप प्रश्न गर्दा जवाफ नदिइ शाह हिडेपछि उनै शर्माले पत्रकारलाई शाहको बारेमा जवाफ दिन खोजेका थिए ।
शाहसँगै श्रम मन्त्रालयका सचिव र सहसचिव बस्ने कुर्सीमा बसेका उनलाई धेरै श्रम मन्त्रालयकै कर्मचारी ठाने । तर उनी श्रम मन्त्रालयका कर्मचारीभन्दा पनि राश्वपाका संसद् थिए ।
![]() |
![]() |
![]() |
|---|
शाहसँग मात्र होइन, श्रम मन्त्री राम जी यादवलाई मन्त्रालयमा स्वागत गर्न उनै शर्मा अगाडी देखिन्छ । त्यति मात्र होइन । मन्त्रीको पदभार सम्हल्दै पनि उनै शर्मा अगाडी देखिए । उनले श्रम सचिवकै छेउमा बसेर आफु श्रम कै कर्मचारीजस्तो गरी हस्ताक्षरको पनि साँछी बसेको देखिन्छ ।
श्रम मन्त्रीपछि सचिवभन्दा माथि आफुलाई देखाउन खोज्ने सोम शर्मालाई पार्टीले अधिकारी दिएको हो भन्ने प्रश्नमा प्रवक्ता मनिष झाले भने अहिलेसम्म त्यस्तो निर्णय नभएको मूलपत्रलाई जानकारी दिए ।
योबेला उनी श्रम मन्त्रालयकै कर्मचारी रहेछन् भनेर धेरै पत्रकार र श्रमकै कर्मचारी झुकिए । शर्मा हाल उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ताहित समिति सदस्य छन् । तर उनले श्रममन्त्रीहरुसँग सम्मान कुर्सीमा बसेर अथवा आफुलाई यस क्षेत्रको विज्ञ र त्यहाँ विज्ञ भएका कारण सल्लाह दिन बसेको मूलपत्रसँग बताए ।
Image Source: © https://mulpatra.com
श्रम मन्त्रीसँगै बसेर विज्ञले के सल्लाह सुझाव दिन्छ भन्ने प्रश्नमा श्रम, रोजगार र वैदेशिक रोजगारीमा अनुभवसँगै यस क्षेत्रमा अभियान चलाएको अनुभव भएकै कारण आफु विज्ञ भएको उनको दाबी छ ।
उनी राश्वपामा लाग्नु अघि हेमराज थापासँग मिलेर वैदेशिक रोजगारीका नाममा ठगिएका कामदार अथवा पीडितको पक्षमा क्षतिपूर्ति दिलाउने भन्दै अभियान चलाएका थिए । त्यति बेला विमानस्थलबाट कतिपय कामदार उठाएर ल्याइ म्यानपावर व्यवसायीलाई धम्क्याएको आरोपपनि उनीहरुको अभियानलाई थियो ।
अहिले उनले यसलाई विज्ञता ठानेर श्रम मन्त्रालयमा विज्ञ सल्लाह दिन गएको मूलपत्रलाई जानकारी दिए ।
मूलपत्रले तपाईको विज्ञता हेमराज थापासँग अभियान चलाएकै हो कि अरुपनि छ भन्ने प्रश्नमा म राश्वपाको संसद् र श्रम समितिमा पनि छु । पहिलादेखि यस क्षेत्रको अभियानमा जोडिएका कारण अहिले श्रम मन्त्रालयमा विज्ञता लिएर सुझाव दिन गएको उत्तर दिए ।
यस विषयमा बुझन श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेलाई सम्पर्क गर्दा फोन उठेन ।
राश्वपाले भने अहिलेसम्म आफना संसद्लाई कुनैपनि मन्त्रालयमा नपठाएको जनाएको छ । तर सोम शर्मालाई भने कसैले श्रम मन्त्रीकै सोसरह श्रम मन्त्रालयमा बस्न पठायो भन्ने विषयमा रावश्पाका प्रवक्ता मनिष झाले आफुलाई थाहा नभएको र तत्काल बुझने जवाफ दिए ।
सरकारी कार्यालयमा भएको बेथितिदेखि कालीगण्डकी दोहनजस्ता विषयमा आफुले बोलेर विरोध गरेको दाबी गदै आएका उनी कुनै बेला हेमराज थापासँगै वैदेशिक रोजगारी क्षेत्रका अभियान्ता समेत थिए ।
सोम शर्मा पछिल्लो समय अभियान्ता कै परिचय दिएर राश्वपामा प्रवेश गरेका थिए । उनी श्रम मन्त्रीहरुसँग आफु रहेको भन्दै केही म्यानपावर व्यवसायीसँग पनि नजिक हुन खोजेको राश्वपाकै केही नेताहरुको भनाइ छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



