सरकारले हालसम्म करिब १ हजार २ सय सत्तरी सुकुम्बासीको घर टहरा भत्कायो

सरकारले हालसम्म करिब १ हजार २ सय सत्तरी सुकुम्बासीको घर टहरा भत्कायो
  • १४ बैशाख २०८३, सोमबार ०८:४५

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराका सुकुम्बासी हटाउन सुरु गरेसँगै २ दिन मा १ हजार २ सय सत्तरी बढी घर टहरा भत्काइसकेको छ । नेपाल प्रहरीको सहयोगमा बाग्मती नदी किनारका थापाथली, गैरीगाउँ, सिनामंगलको सुकुम्बासी वस्ती हटाएको छ भने मनोहरा नदी किनारका काठमाडौं तफ र भक्तपुर तर्फका सुकुम्बासी बस्ती समेत हटाउँदै छ ।

mulpatra

सार्वजनिक सुचना जारी गर्दै शनिबारदेखि वस्ती हटाउन सुरु गरेको २ दिनमा १ हजार २ सय बहत्तर घर भत्काईएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकाअन्तर्गत थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा जडीबुटी (काठमाडौँ) र मनोहरा बस्ती (भक्तपुर) क्षेत्रमा गरी कुल १ हजार ६ सय ५० वटा घर–टहरा रहेका थिए ।

mulpatra mulpatra mulpatra

जसमध्ये थापाथली क्षेत्रमा रहेका १४३ वटा घर–टहरा, गैरीगाउँ बानेश्वर क्षेत्रमा ५६५ घर टहरा भत्काइसकिएको छ । बाग्मती नदि किनार गैरीगाउँमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी रहेको छ ।

मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घर–टहरा सबै भत्काइएको छ । मनोहरा बस्ती भक्तपुरतर्फ भने ४५० बढी घर टहरा हटाइसकिएको छ । उक्त स्थानमा अझै ३६५ भन्दा बढी घर टहरा भत्काउन बाँकी रहेको प्रहरीले जनाएको छ ।