हामी नेपाली ग्लोबल सेसेल्सको नेतृत्वमा एकदिने पासपोर्ट नवीकरण तथा काउन्सुलर सेवा सम्पन्न
सेशेल्स– २५ अप्रिल २०२६ मा अफ्रिका महाद्वीपको सबैभन्दा सानो देश सेशेल्समा नेपाली समुदायको राहदानी नविकरणको काम सम्पन्न भएको छ ।

‘हामी नेपाली ग्लोबल सेसेल्स’ को सहकार्यमा नेपाल सरकार अन्तर्गत नेपाली दूतावास साउथ अफ्रिका (प्रिटोरिया)का काउन्सुलर रमेश चाम्राकारको उपस्थीतिमा सेशेल्सको भिक्टोरियामा सञ्चालन गरिएको थियो ।

एकदिने उक्त सेवाबाट करिब ५० जना नेपाली नागरिकहरूले आफ्नो पासपोर्ट नवीकरण गराएको हामी नेपाली ग्लोबल सेसेल्सका महासचिव सुरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार सेशेल्समा विभिन्न पेशा तथा कम्पनीमा कार्यरत नेपालीहरूले विदेशमै बसेर राहदानी नवीकरण गर्न पाउँदा धन्यवाद समेत दिए ।
![]() |
![]() |
![]() |
|---|

यस पहलले उनीहरूको रोजगारी निरन्तरता तथा वैधानिक बसोबासमा महत्वपूर्ण सहयोग पुगेको उनले बताए । ‘हामी नेपाली ग्लोबल सेसेल्सले सामाजिक उत्तरदायित्व अन्तर्गत दीर्घरोगी, मुटुरोगी तथा मिर्गौला रोगबाट पीडित नेपालीहरूलाई पनि समय–समयमा आर्थिक सहयोग समेत गर्दै आएको छ । राहदानी नविरकणको काम भने दोस्रो पटक काउन्सुलर सेवा शिविर सञ्चालन गर्न सफल भएको हो ।’ उनले भने ।
नेपाली ग्लोबल सेसेल्सले यहाँ बसोबास गदै आएका नेपालीको समस्या, व्यवसायी र यहाँको सरकारसँगपनि बेला–बेलामा छलफल गदै आएको उनको भनाइ छ । स्वदेशमा भएपनि नेपाल र नेपालीको सेवामा निरन्तर लागि रहेको उनले जानकारी दिए ।
कार्यक्रम सम्पन्न भएपछि हिजो (आइतबार) का दिन सेशेल्सबाट दूतावास चाम्राकार फर्किएको नेपाली ग्लोबल सेसेल्सले जनाएको छ ।
Image Source: © https://mulpatra.com

Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



