इरान युद्धपछि विश्व वैकल्पिक ऊर्जातिर मोडिँदै, चीनलाई ठूलो फाइदा
काठमाडौं–इरानमा जारी युद्धका कारण विश्वभर तेल आपूर्ति प्रभावित भएपछि धेरै देशहरू वैकल्पिक ऊर्जातर्फ मोडिन थालेका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यतिर इरानमाथि हवाई आक्रमण गरेपछि इरानले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्दा विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति प्रभावित भयो । यसले तेलको मूल्यमा अस्थिरता ल्याउँदै ऊर्जा संकट गहिरिएको छ ।
ऊर्जा संकटसँग जुध्न एसियाली देशहरूले ऊर्जा बचत, काम गर्ने समय घटाउनेजस्ता उपाय अपनाइरहेका छन् भने नवीकरणीय ऊर्जामा लगानी बढाएका छन् । यस सन्दर्भमा चीनले सौर्य प्यानल, पवन टर्बाइन र विद्युतीय सवारी उत्पादनमा अग्रणी भएकाले ठूलो आर्थिक लाभ लिइरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
विशेषगरी सौर्य ऊर्जा, ब्याट्री र विद्युतीय सवारी (ईभी)को माग तीव्र रूपमा बढेको छ, जसबाट चीन सबैभन्दा बढी लाभान्वित हुने देखिएको छ ।
ऊर्जा अनुसन्धान संस्था ‘एम्बर’का अनुसार मार्च महिनामा चीनले ६८ गिगावाट सौर्य प्रविधि निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सौर्य, ब्याट्री र ईभी निर्यातमा वार्षिक रूपमा ७० प्रतिशत वृद्धि भएको छ ।
विश्लेषकहरूका अनुसार तेल संकटले दीर्घकालीन रूपमा स्वच्छ ऊर्जातर्फको रूपान्तरणलाई तीव्र बनाएको छ । चीनले हरित ऊर्जामा ठूलो लगानी गर्दै आत्मनिर्भरता बढाएको छ भने विश्व बजारमा आफ्नो प्रभाव पनि विस्तार गरेको छ ।
Image Source: © https://mulpatra.com
यसबीच पाकिस्तानजस्ता देशहरूले चिनियाँ सौर्य प्यानल प्रयोग गरेर महँगो तेल आयात घटाउँदै अर्बौं डलर बचत गरिरहेका छन् ।
विशेषज्ञहरूका अनुसार जीवाश्म इन्धनको मूल्य वृद्धि र अस्थिरताले अब स्वच्छ ऊर्जा विश्वका लागि अपरिहार्य विकल्प बन्न थालेको छ ।
बीबीसी अंग्रेजीको रिपोर्टबाट
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



