Close

Recent Posts

टियु क्रिकेट मैदान नभत्काउनेसहित मन्त्रिपरिषद् बैठकका यी निर्णय

टियु क्रिकेट मैदान नभत्काउनेसहित मन्त्रिपरिषद् बैठकका यी निर्णय
  • १४ बैशाख २०८३, सोमबार १५:२६

काठमाडौं– सरकारका प्रवक्ता सस्मित पोखरेलले टियु क्रिकेट मैदान र त्यहाँको संरचना नभत्काउने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

mulpatra

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए ।

mulpatra mulpatra mulpatra

त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ ।