वैरो संघका ५ पदाधिकारीसहित कार्यसमितिका ११ ले दिए राजिनामा, असन्तुष्ट पक्षले संघमा लगाए तालाचाबीअध्यक्षले व्यवसायीभन्दा अन्य धन्दामा लागेको आरोप
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका ११ जना पदाधिकारीसहित ११ जना कार्यसमितिले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राजिनामा बुझाउने भएका छन् ।

संघका पदाधिकारीसहित ११ जना बहुमत संख्याले राजिनामा दिएको हो । प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल, महासचिवमा महेश कुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिम्दोङ्ग, कोषाध्यक्षमा धनमाया सिजालीले समेत राजिनामा दिएको संघले जनाएको छ ।
साथै सदस्यहरूमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, देवीप्रसाद गिरी, रमा खड्का, रेखा शर्मा,कृष्ण ढकाल र हिमा गुरूङ राजिनामा दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|

वैदेशिक रोजगार अव्यवस्थीति भएपछि संघले व्यवसायीका लागि काम गर्न नसकेपछि अहिलेको अवस्था बुझेर संघलाई सुधार्न राजिनामा दिएको संघका प्रथम उपाध्यक्ष सुजित श्रेष्ठले जानकारी दिए ।
संघका अध्यक्षले कामभन्दा पनि आफनो लागि मात्र काम गर्न थालेपछि व्यवसायी असुरक्षीत भएको व्यवसायीको गुनासो छ । त्यही भएर संघलाई सुधार्न संघका पदाधिकारीसहित कार्यसमितिले राजीनामा दिएको श्रेष्ठले स्ष्ट पारे ।
वैदेशिक रोजगारी जेनजी आन्दोलनपछि समस्यामा फसेको छ । तर अध्यक्षले यस क्षेत्रलाई सुधार्नुभन्दा पनि झन समस्यामा फसाउन थालेपछि अहिलेका अवस्था सिर्जना भएको संघका महासचिव महेश बस्नेतले बताएका छन् ।
Image Source: © https://mulpatra.com
अध्यक्ष जस्तो पदलाई ख्याल नगरी व्यवसायीलाई गलत गर्न थालेपछि समस्या समाधानका लागि राजिनामा दिएको उनको दाबी छ । व्यवसायी र संघ सुधार्न आफुले राजिनामा दिएको महासचिव बस्नेले स्ष्ट पारे ।
अध्यक्षले व्यवसायीलाई हेप्ने र पक्षपात र व्यवसासीका लागि काम नगरेका कारण राजिनामा दिएकाे सदस्य रेखा शर्माले गुनासो पाेखिन । काम गर्न अवस्था नभएका कारण आफुले राजिनामा दिएकाे उनकाे दाबी छ ।
संघका सचिवमा कुन्छा दोर्जे डिम्दोङ्गले व्यवसायीका लागि साेचे जस्तो काम नभएका कारण अहिले अवस्था सिर्जना भयाे । अध्यक्षकाे कार्यशैली र पदाधिकारीमाथि दमन गरेका कारण व्यवसायीका लागि काम गर्न नसक्दा समस्या परेकाे उनले बताए ।
यस्तै, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेलले व्यवसायीका साझा विषयमा अध्यक्षले नाटक गरेर काम टार्ने खाेज्दा अहिलेकाे समस्या देखियाे । पुराना कामलाई नयाँ भनेर देखाउन खाेज्दा व्यवसायी समग्र वैदेशिक राेजगारी क्षेत्र नै समस्या फसेकाे उनले बताए ।
वैदेशिक रोजगारीका नाममा थप आर्थिक भार र झन्झटिलो भैरहेकोले यसमा संघका अध्यक्षले कमिशनमा काम गरिरहेका छन् । उनले सिण्डिकेटधारीसँग मिलेर कमिशन लिइ वैदेशिक रोजगारी क्षेत्रमा समस्या सिर्जना समेत गरे । व्यवसायीका हकहितमा काम गर्न नसकेकाे भन्दै काेषाध्यक्ष धनमायााले माफी मागिन । व्यवसायीसँगै रहेन समेत भनिन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



