Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित
  • १६ बैशाख २०८३, बुधबार १४:३९

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ढोकामा लागेको ताला संघकै अध्यक्ष र उपाध्यक्षले नै गुन्डागर्दी शैलीमा ताला फुटाएका छन् । अस्ति दिन लगाइएको ताला फुटाउन हिजो विहानैदेखि संघको ढोकामा ताला लागेको थियो‍ ।

mulpatra

दिउँसो सवा तीन बजे मात्र कार्यसमितिको बहुमत उपस्थितिमा उक्त ताला संघका अध्यक्ष भुवन गुरुङ र द्वितिय उपाध्यक्ष देवकुमार खोखालीले फुटाए ।

त्योपनि असन्तुष्ट व्यवसायीसँग छलफल नगरी दुवै जनाले ताला फुटाएपछि उनीहरुसँग व्यवसायी अझ असन्तुष्ट बनेका छन् । असन्तुष्ट व्यवसायीले गुन्डागर्दी शैली अध्यक्ष र उपाध्यक्षले संघमा लगाएको ताला फुटाएको आरोप लगाइरहेका छन् ।

mulpatra mulpatra mulpatra

धेरै व्यवसायीले संघका अध्यक्ष भुवनसिंह गुरुङ अराजक त थिए तर हिजोबाट उनले आफु संघको अध्यक्षकै बदनाम गराउने काम गरेको बताउँन थालेका छन् ।

आज व्यवसायी संघको ढोकामा लागेको ताला व्यक्तिगत निवास नभएको भन्दै ताला तोडिएको हो ।

गुरुङनिकट एक व्यवसायीका अनुसार गुरुङलाई फोन त राम्रो चलाउन त आउँदैन । कसरी अध्यक्ष चलाउँछन् भने व्यवसाय संघको अध्यक्ष भएको बेला प्रश्न उठेको थियो ।

Image Source: © https://mulpatra.com

‘संघका अध्यक्ष गुरुङले इमेल त राम्रो हेर्न जान्दैन । उनलाई अध्यक्ष जिताएकामा अहिले लाजशरम लागेको एक व्यवसायीले जानकारी दिए । यस्तो मान्छेलाई अध्यक्ष बनाउने हामी व्यवसायी मुर्ख हौ । अहिले त्यसको फल मिलेको हो ।’ उनले भने ।

अध्यक्ष भुवनसिंह गुरुङको संघका पदाधिकारीमाथि अराजकपन पढ्दै गएपछि निर्वाचित पदाधिकारीसहित ११ जनाले सामुहिक राजिनामा दिएका थिए । भने उनीसँग असन्तुष्ट व्यवसायीले संघमा ताला लगाएका थिए ।

तर हिजो उनै गुरुङले संघमा लगाएको ताला गुण्डागर्दी शैलीमा फुटाएपछि विवाद झन चर्कीको छ ।

संघप्रति व्यवसायीको असन्तुष्टी बढ्दै गएपछि सोमबार पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए । यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका हुन् ।

अध्यक्षविरुद्ध राजिनामा दिएका संघका सदस्य कृष्ण ढकाल र हमा गुरुङले दुवैतिर ठिक पर्दा व्यवसायीका समस्या समाधान भन्दा झन गिज्लिएको व्यवसायीकै आरोप छ ।

ढकालजस्तै हिमा गुरुङपनि दुवैतिर ठिक पार्ने सदस्या हुँदा व्यवसायीका समस्या झन जटिल बन्दै गएको व्यवसायीको आरोप छ । उनले सामुहिक राजिनामा बुझाएपनि गुरुङसँग केही डिमाण्ड बाग्रेनिङ गरेर उनीतिरै लागेको केही व्यवसायीको आरोप छ ।

गुरुङले राजिनामा पक्षसँग ५ लाख र केही देशको डिमाण्ड मागेकी थिइन् । त्यो नपाएपछि गुरुङनिटक एक व्यवसायीले मलेसियाको ३ सय डिमाण्ड दिने भएपछि गुरुङतिर लागेको समेत गुरुङनिकट व्यवसायीनै बताउँछन्

संघले भवनको निर्माण विरोधमा थिए गुरुङ

२ वर्षअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवन निर्माण गरी सरेको थियो । उक्त भवन निर्माणको विरोधमा थिए संघ अध्यक्ष गुरुङ ।

काठमाडौँको सिफलमा आफ्नै भवन खरिद गरेर औपचारिक रूपमा कार्यालयमा सरेको संघको भवन निर्माणमा समेत उनले एकपैसा सहयोग गरेका थिएन । भवन निर्माणका बेला गुरुङले सहयोग त गरेनन । तर उनले विरोध गदै कतिपय व्यवसायी भड्काउँदै हिडेका थिए ।

अहिले आफनो लगानी नपरेपछि संघको भवन तोडफोड गर्दा केही नहुने भन्दै उनी जे पायो त्यही गरिरहेको असन्तुष्ट व्यवसायीको आरोप छ ।

२ वर्षअघि ४ करोड ५३ लाखमा खरिद गरेको भवनको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेको थिए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com