Close

Recent Posts

ढोडको तोक्मालाई बोकेका थापाले गुरुङको अध्यक्ष पद जोगाउन पैसा र डिमाण्डको बाँडे आश्वसान

संगठन नभएको व्यवसायमा बदनाम गराउनमाथि निगारानी: राश्वपा

ढोडको तोक्मालाई बोकेका थापाले गुरुङको अध्यक्ष पद जोगाउन पैसा र डिमाण्डको बाँडे आश्वसानसंगठन नभएको व्यवसायमा बदनाम गराउनमाथि निगारानी: राश्वपा
  • १७ बैशाख २०८३, बिहीबार १३:००

काठमाडौं–सोमबार असन्तुष्ट व्यवसायीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ढोकामा लागेको ताला संघकै अध्यक्ष भुवनसिंह गुरुङ र द्वितिय उपाध्यक्ष देवकुमार खोखालीले मंगलबार फुटाए । त्यति मात्र होइन उनले संघको भवन बनाउन विरोध गरेको र भवन निर्माणमा एक सुक्को सहयोग गरेको आरोप पनि व्यवसायीले लगाएका छन् ।

mulpatra

गुन्डागर्दी शैलीमा ताला फुटाएका अध्यक्ष गुरुङको अध्यक्ष पद जोखिममा परेपछि उनलाई जोगाउन नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापा हात नै धोएर लागेको उनीनिटक एक व्यवसायीले जानकारी दिए ।

अहिलेसम्म थापाकै सल्लाह र निर्देशनमा चल्दै आएका गुरुङलाई व्यवसायीले ‘ढोडको तोक्मा’ अथवा थापाकै निर्देशनमा चल्ने भनेर चिन्न थालेका छन् ।

mulpatra mulpatra mulpatra

त्योपनि असन्तुष्ट व्यवसायीसँग छलफल नगरी दुवै जनाले ताला फुटाएपछि उनीहरुसँग व्यवसायी अझ असन्तुष्ट बनेका छन् । असन्तुष्ट व्यवसायीले गुन्डागर्दी शैली अध्यक्ष र उपाध्यक्षले संघमा लगाएको ताला फुटाएको आरोप लगाइरहेका छन् । यसका पछाडी उनै थापाको हात रहेको पनि कतिपय व्यवसायीले बताउन थालेका छन् ।

संघप्रति व्यवसायीको असन्तुष्टी बढ्दै गएपछि सोमबार ५ पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए । यसपछि गुरुङको पद धरापमा परेको थियो ।

यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका हुन् ।

Image Source: © https://mulpatra.com

अध्यक्षविरुद्ध राजिनामा दिएका संघका सदस्य कृष्ण ढकाल र हेमा गुरुङ पछि फेरी गुरुङको भेला पुगे । त्यसपछि दुवै समुहमा अन्योलता छायो । उनीहरु गुरुङको पछाडी जानुमा कारण थियो नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापाको आश्वसान ।

थापा र गुरुङ मलेसियाबाट भिसा किनेर ल्याएर चर्को मुल्यका कामदार पठाउने साझेदार व्यवसायी हुन् । उनै थापाले हेमा गुरुङलाई मलेसियालगायत अन्य देशको ३ सयभन्दा बढी डिमाण्ड मिलाइदिने र ढकाललाई नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघबाट २१ लाख पैसा दिने गरी गुरुङको पक्षमा ल्याएको यो वार्तामा सहभागी थापानिटक एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

संघका अध्यक्ष गुरुङले इमेल, हेर्ने, आवेदन लेख्न र राम्रो संम्बोधन त राम्रो हेर्न जान्दैन । उनलाई अध्यक्ष जिताएकामा अहिले म्यानपावर व्यवसायी लाज मान्न थालेको एक व्यवसायीले जानकारी दिए । ‘गुरुङजस्तो मान्छेलाई अध्यक्ष बनाउने हामी व्यवसायी मुर्ख हौ । अहिले त्यसको फल मिलेको हो । उनी व्यवसायी संघको अध्यक्ष हुन योग्य मान्छे नै होइनन् । त्यही भएर व्यवसायी समस्यामा फस्यो ।’ उनले भने ।

अध्यक्ष भएपछि आफुलाई व्यवसायीकै राजा ठान्ने गुरुङले सिण्डिकेट र पैसाका लागि मात्र काम गर्न खोजेको संघभित्रकै पदाधिकारीको आरोप छ । उनीसँग वैदेशिक रोजगारीका विषयमा बहस गर्न सक्ने क्षमता र शिक्षा पनि छैन । गुरुङ थापा र केही सिण्डिकेटधारीको भरमा चलेको मात्र व्यवसायीभित्रै चर्चा छ ।

अध्यक्ष भुवनसिंह गुरुङको संघका पदाधिकारीमाथि अराजकपन पढ्दै गएपछि निर्वाचित पदाधिकारीसहित ११ जनाले सामुहिक राजिनामा दिएका थिए । भने उनीसँग असन्तुष्ट व्यवसायीले संघमा ताला लगाएका थिए ।

यी व्यवसायीका अनुसार सदस्या हेमा गुरुङलाई मलेसियासहित केही देशको ३ सयमाथि डिमाण्ड र ढकाललाई संघमा लागेको उनको खर्च उठाइदिने शर्तमा गूरुङ समुहमा ल्याउन सफल भए ।

ढकालले महासचिव बस्नेत समुहसँग पनि संघमा लागेको खर्चको चेक लिएको र थापासँग गरेको एक सहमतिको प्रमाण मूलपत्रलाई प्राप्त भएको छ । यसलाई मूलपत्रले सुरक्षीत राखेको छ ।

तर ढकालले भने यो सबै आफनो बदनाम गराउन दुष्प्रचार गरिएको स्ष्ट पार्दै आफुले व्यवसायीकै हकहितका लागि दुवै समुहलाई मिलाउन प्रयास गरेको जानकारी दिए ।

ढकालले आफु म्यानपावर व्यवसायीको रावश्पाका तर्फबाट संयोजक भन्दै व्यवसायी भेला समेत गरेको बताउँछन् । तर राश्वपाका प्रवक्ता मनिष झाले भने अहिलेसम्म पार्टीले कुनैपनि व्यवसायीहरुको संगठन नबनाएको र चरित्रहिन व्यक्ति पार्टीमा नभएको समेत स्पष्ट पारे ।

उनले कुनै पनि व्यवसायीमा राश्वपा काम गर्न भनेर कुनैपनि व्यक्तिलाई जिम्मेवार दिएको छैन । राश्वपाले व्यवसायी भेला गरेर छलफल गर्न निर्देशन समेत नदिएको स्पष्ट पारे । यादि पार्टीको नाम दिएर कसैले यस्तो काम गरेको प्रमाण भेटाए । त्यस्ता समुहमाथि कारवाही समेत हुने उनले जानकारी दिए ।

व्यवसायीहरुले ढकाल अवसरका लागि कांग्रेस र माओवादी हुँदै अहिले राश्वपाको व्यवसायीहरुको संयोजक भन्दै हिडेका छन् । तर राश्वपाले भने कसैलाई जिम्मा नदिएको जनायो ।

२ वर्षअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवन निर्माण गरी सरेको थियो । उक्त भवन निर्माणको विरोधमा थिए संघ अध्यक्ष गुरुङ ।

काठमाडौँको सिफलमा आफ्नै भवन खरिद गरेर औपचारिक रूपमा कार्यालयमा सरेको संघको भवन निर्माणमा समेत उनले एकपैसा सहयोग गरेका थिएन । भवन निर्माणका बेला गुरुङले सहयोग त गरेनन । तर उनले विरोध गदै कतिपय व्यवसायी भड्काउँदै हिडेका थिए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com